स्वास्थ्य कर्मी माथि भएको दुर्व्यवहार प्रति मन्त्रालयको ध्यानाकर्षण

मकवानपुर । बागमती प्रदेश सामाजिक विकास मन्त्रालयले स्वास्थ्यकर्मी माथि भएको दुव्र्यवहारप्रति ध्यानाकर्षण जनाएको छ ।
मन्त्रालयले आज एक प्रेस विज्ञप्ती जारी गर्दै प्रदेश जनस्वास्थ्य प्रयोगशाला हेटौंडाका प्रमुख नारायण बहादुर कार्कीमाथि हिजो भएको दव्र्यवहार प्रति ध्यानाकर्षणसहित खेद प्रकट गरेको हो ।
मन्त्रालयले घटनाको सत्यतथ्य छानविन गरि दोषीलाई कारबाही गर्न सम्बन्धी निकालाई आग्रह समेत गरेको छ ।
शनिबार बागमती प्रदेश प्रयोगशाला हेटौंडाका प्रमुख नारायण बहादुर कार्की कोभिड–१९ परिक्षणकै कामको शिलशीलामा हेटौंडाबाट काठमाडाँै जादै गर्दा नागढूंगामा केही व्यक्तिले दुव्र्यवहार गरेका थिए ।
उनिहरुले रिएजेन्ट लिन काठमाडौं जाँदै गरेका कार्कीको भिडियो खिच्दै गाडी रोकेर सबै सामान जाँच गरेर कार्कीमाथि दुर्व्यवहार गरेका थिए । यस्ता अराजक गतिविधि कसैले नगर्न तथा त्यस्ता हर्कत गर्नेलाइ निरूत्साहन गरिने समाजिक विकास मन्त्री युवराज दुलालले बताउनुभयो ।
उहाँले उच्च मनोवलका साथ काम गर्न सबै स्वास्थ्यकर्मी प्रतिबद्ध भएको भन्दै मन्त्रालय हर्दम स्वास्थ्यकर्मीको साथमा नै रहने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।
यसैबीच नागढुंगामा कार्की माथि दुव्र्यवहार गर्नेको प्रहरीले खोजि कार्य सुरु गरेको जनाएको छ । दुव्र्यवहार गर्ने युवकको खोजी सुरु भइसकेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिनुभएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
यता दोषीलाई कारवाही गर्न मेडिकल ल्याबरोटरी एशोसियसन अफ नेपाल (मेलान) लगायतका स्वास्थ्यका विभिन्न पेशागत संगठनहरु समेतले माग गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्