तपाईँ सुन्दै हुनुहुन्छः

आज मेघ गर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना

काठमाडौं। आज देशकोपूर्वीलगायत मध्य तथा पश्चिमी पहाडी भू भागका केही स्थानमा अपरान्हपछि मेघ गर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षा हुन सक्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकभर स्थानीय वायुको प्रभावले हावाहुरीसहित असिना पानी पर्ने क्रम रोकिने छैन ।

आज दिउँसो देशको पूर्वी भू भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू भागहरुमा आंशिक बदली रही बाँकी भू भागमा सामान्यतया मौसम सफा रहनेछ।

पूर्वी भू भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै देशको पूर्वी पहाडी भू भागमा लगायत मध्य तथा पश्चिमी पहाडी भू भागहरुमा आंशिक बदली रही बाँकी भू भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू भागका एकरदुई स्थानमा मेघगर्जनरचट्याङ्गरअसिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button