तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमित फेला परेको धादिङको कोदालपौवा गाउँ शील गर्ने निर्णय

धादिङ । बिहीबार कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरु मध्ये एक जना धादिङको गल्छी गाउँपालिका वडा नं ८ कोदालपौवाको रहेपछि गाउँलाइ शील गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।

शुक्रबार बिहान जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा र त्यस क्षेत्रका जनप्रतिनिधिहरुसहितको संयुक्त बैठकले गाउँलाई शील गर्ने निर्णय गरेको हो ।

गल्छी गाउँपालिका वडा नं ८ को पुर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्वर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी तथा दक्षिणमा पृथ्वीराजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडकलाई शील गर्ने निर्णय भएको हो ।

यी चार किल्ला भित्र आगामी जेठ ६ गते राती १२ बजेसम्मका लागि सङ्क्रामक रोग ऐन–२०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा (२) बमोजिम निशेधाज्ञा जारी गर्दै शील गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

उल्लेखित चार किल्ला भित्र कसैलाई पनि बाहिर निस्कन र आवतजावत गर्न पुर्ण प्रतिबन्ध लगाइएको छ ।

सम्पुर्ण सुरक्षा व्यवस्था मिलाउनको लागि र माइकिङ गर्नको लागि शसस्त्र प्रहरी तथा नेपाल प्रहरीलाइ जिम्मा दिइएको छ । साथै नेपाली सेनाले पनि गाडीबाट गस्ती गर्ने निर्णय गरिएको छ ।

सङ्क्रमित व्यक्तिसँग जोडिएका व्यक्तिहरुलाइ सम्पर्क गरि क्वारेन्टाइनमा राख्नको लागि गल्छी गाउँपालिकालाइ निर्देशन दिइएको छ ।

त्यसका लागि वडा अध्यक्ष भरत तामाङको संयोजकत्वमा ‘कन्ट्याक्ट टे«सिङ’ गर्न स्वास्थकर्मी सुरक्षा निकाय र जनप्रतिनिधिको संयुक्त टिम बनाइको छ ।

सङ्क्रमित महिलासँग सम्पर्कमा आएका सबै जनाको पिसिआर परीक्षण गराउने निर्णय गरिएको स्वास्थ्य कार्यालय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिनुभयो ।

सङ्क्रमित व्यक्तिको अस्थायी बसोबास रहेको चन्द्रागिरी नगरपालिकाको अमरबस्ती (सतुङगत क्षेत्र)मा पनि सजगता अपनाउनको लागि नगरपालिकालाई जानकारी गराउने समेत निर्णय गरिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button