बाँकेमा देखिएका थप सङ्क्रमित भारतबाट आएका
नेपालगञ्ज । बाँकेको नरैनापुरमा आज कोरोना पुष्टि भएका आठै जना भारतबाट आएकाहरु रहेको नरैनापुर गाउँपालिकाले जनाएको छ ।
आज संक्रमण देखिएका नरैनापुर गाउँपालिका वडा नम्बर १, ३ र ५ का आठै जना केही दिन अघि मात्र भारतबाट आएर क्वारेन्टाइनमा बसेका हुन् ।
क्वारेन्टाइमा बसेका मध्ये बुधबार ४५ जनाको स्वाब लिएर भेरी अस्पतालमा परिक्षण गरिएको थियो । उनीहरु मध्ये ८ जनामा संक्रमण पुष्टि भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।
नेपाल भारत सीमामा अलपत्र परेका नागरिकलाई गाउँपालिकाले उद्दार गरेर क्वारेन्टाइनमा राखेको छ । हिजोसम्म मात्रै भारतबाट आएका चार सय ४१ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।







प्रतिक्रिया राख्नुहोस्