आज थप २ जनाको कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसको सम्भावित जोखिमबाट बच्नका लागि परीक्षण गर्ने स्वास्थ्य सामग्री पर्याप्त मात्रामा भएको जनाएको छ ।
मन्त्रालयमा आज आयोजित नियमति मिडिया ब्रिफिमा प्रवक्ता डा विकास देवकोटाकाले कोरोना भाइरसको रोकथाम र नियन्त्रणका लागि परीक्षणको दायर बढाइएको र परीक्षण गर्ने स्वास्थ्य सामग्री पयाप्त मात्रामा रहेको जानकारी दिनुभएको हो ।प्रवक्ता डा. देवकोटाले आज बाँकेमा ३६ वर्षे पुरुष र कपिलवस्तुका २२ वर्षीय पुरुष पुरुषमा कोरोना भाइरस पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या २ सय १९ पुगेको र निको भइ घर फर्कनेको संख्या ३५ पुुगेको जानकारी दिनुुभयो ।
हालसम्म पिसिआर विधिबाट २१ हजार ३ सय ४० र आरडिटी विधिबाट ६० हजार ३ सय १९ जनको परीक्षण गरिएको जानकारी दिनुुभयो ।
पछिल्लो २४ घण्टामा पिसिआर दुई हजार ३ सय ५७ र आरडिटी ६ सय ९२ को परीक्षण सम्पन्न गरेको र हाल १२ हजार ७ सय १ जना क्वारेन्टाइनमा रहेका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुुभयो ।







प्रतिक्रिया राख्नुहोस्