तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखद्वारा मिडिया सेन्टरको अवलोकन

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सङ्घीय संसद् भवनका विभिन्न शाखाको अवलोकन गरी जानकारी लिनुभएको छ ।

उहाँले मिडिया सेन्टरको अवलोकन गरी विषम परिस्थितिमा सेन्टरमार्फत भइरहेको समाचार सङ्कलन, सम्प्रेषण र उपलब्ध प्रविधिबारे जानकारी लिनुभएको थियो ।

सभामुखले आजै सङ्घीय संसद्अन्तर्गतका दुवै सदनका विद्युत् शाखा, साउन्ड, युट्युब लगायतका शाखाले गरिरहेका कामको स्थलगत जानकारी लिनुभयो । साथै संसद् परिसरको क्यान्टिनको अवलोकन गर्दै विषम परिस्थितिमा सामाजिक दूरी कायम गरी स्वास्थ्यसम्बन्धी सबै सुझाव पालना गर्न सबैलाई निर्देशन दिनुभएको थियो ।

अवलोकनका क्रममा सङ्घीय संसद्का महासचिव डा भरतराज गौतम पनि सँगै हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button