राहतको विषयमा भ्रामक टिकाटिप्पणी गरेको आरोपमा एकजना पक्राउ
बारा । सामाजिक सञ्जालमा राहतको विषयलाई लिएर वडामाथि विभिन्न किसिमको टिकाटिप्पणी गर्न थालेपछि ईलाका प्रहरी कार्यालय सिमराले रामबनबाट एक जना युवालाई पक्राउ गरेको छ ।
जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.३ का वडा कार्यालयको राहत वितरणलाई लिएर भ्रामक सन्देश दिन थालेको आरोपमा वडा कार्यालयको सिफारिसमा हिजो प्रहरीले स्थानीय तारा कार्कीलाई नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका कार्की जनजागरण मध्यवर्ति सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष समेत हुन् । आज ईलाका प्रहरी कार्यालय सिमराले वडाको जनप्रतिनिधिकै रोहबरमा छोडेको ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डि.एस.पि. गोबिन्द पुरीले जानकारी दिनुभएको छ ।
कार्कीले केही दिनदेखि वडा अध्यक्ष तथा वडाले राहत वितरणमा अनियमितता तथा भेदभाव गरेको आरोप समाजिक सञ्जालमा लगाउँदै आएका थिए ।








प्रतिक्रिया राख्नुहोस्