तपाईँ सुन्दै हुनुहुन्छः

लकडाउनमा पसल खोलेको आरोपमा सात जना पक्राउ

तुलसीपुर । अत्यावश्यकभन्दा अन्य पसल खोलेको आरोपमा तुलसीपुर प्रहरीले सात जना व्यापारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा फेन्सी पसल, स्टेशनरी, जुत्ता पसल लगायतका व्यवसायी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

पटक पटक सम्झाई बुझाई गर्दा समेत अटेरी गरेर लकडाउनको उलंघन गरेकाले पक्राउ गरेको पसल प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।

प्रहरीले सम्झाउदा समेत उल्टै विवादगरी झगडा समेत गरेकाले नियन्त्रणमा लिन बाध्य भएको प्रहरीले बताएको छ । प्रहरीले व्यापारीको नाम भने खुलाएको छैन ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button