मोबाइल पसलमा चोरी गरेको आरोपमा चार जना पक्राउ

तुलसीपुर । तुलसीपुरको मदन–आश्रीत चोक नजिकै एक मोबाइल पसलमा चोरी गरेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
जोन कम्प्युटर फोटो एण्ड मोबाइल पसलमा चोरी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–६ निबासी १४ बर्षका सरोज नेपाली, ५ का १६ बर्षका मोहन विक, अटोभिलेज निबासी १५ बर्षका कमल परियार र घोराही उपमहानगरपालिका–९ रजेना निबासी १५ बर्षका अनिश राईमी पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनिहरुको साथबाट सात थान मोबाईल, तीन थान घडि, एयरफोन लगाएतका सामान बरामद गरेको छ । गएराति पसल फोडेर चोरी गरेका उनिहरुलाई प्रहरीले बिहान ८ः०० बजे पक्राउ गरेको थियो ।








प्रतिक्रिया राख्नुहोस्