लागुऔषध बेचेको आरोपमा मेडिकल सञ्चालक पक्राउ
पाल्पा । लागुऔषध बेचेको आरोपमा प्रहरीले मेडिकल सञ्चालकलाई पक्राउ गरेको छ । तानसेन नगरपालिका–७ बर्तुङस्थित सरस्वती मेडिकल हलकी सञ्चालक सरस्वती खनाल, छोराहरू प्रकाश र विवेक कार्कीलाई पक्राउ गरिएको हो ।
प्रहरीले खानतलासी गर्दा मेडिकल हलमा रहेको भान्सा कोठाबाट ३ सय ग्राम गाँजा, घरबाट ट्रामाडोल हाइड्रोक्लोराइड, क्याप्सुल आईपी ट्रामोल–५० बरामद गरेको छ ।
यो क्याप्सुल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकको सिफारिसमा मात्र बिक्री गर्न पाइन्छ । ११ वटा प्याकेटभित्र ३ हजार २ सय ९५ क्याप्सुल फेला परेको प्रहरीले जनाएको छ ।
घरमा खानतलासी गर्दा ठूलो परिमाणमा अवैध औषधि भेटिएको हो । मेडिकल सञ्चालक सहित ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्