तपाईँ सुन्दै हुनुहुन्छः

एक हजार कुखुरा जलेर नष्ट

तनहुँ । भानु नगरपालिका–२ स्थित भकुन्थोकको एक कुखुरा फार्ममा आज बिहान आगलागी हुँदा खोरमा रहेका एक हजार ब्रोइलर कुखुरा जलेर नष्ट भएको छ ।

आगलागीबाट भौतिक संरचना तथा कुखुरा गरी करीब रु सात लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विद्युत चुहिएर अन्दाजी ३ बजे आगलागी भएको थाहा पाएको कुखुरा व्यवसायी हरि बस्यालले जानकारी दिनुभयो । बिहान प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीको नेतृत्वमा गएको प्रहरी टोलीले घटनाको मुचुल्का तयार गरी ल्याएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले जानकारी दिनुभयो ।

खरको छानो रहेकाले कुखुराको खोर सजिलै जलेर पूर्ण नष्ट भएको भानु– २ का वडाध्यक्ष अर्जुनबहादुर अधिकारीले जानकारी दिनुभयो । ती कुखुरा ३७ दिनका थिए । खोरका कुखुरामध्ये १५/२० मात्रै जीवित भेटिएकोे बताउँदै उहाँले कृषकलाई क्षतिपूर्तिका लागि नगरपालिकाका तर्फबाट पहल गरिने आश्वासन दिनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button