बाँकेमा उपभोक्ता ठग्नेलाई २ लाख जरिवाना
नेपालगन्ज । बाँकेको नेपालगन्ज धम्बोझीस्थित लाइफ केयर सर्जिकललाई उपभोक्ता ठगी गरेको आरोपमा २ लाख जरिवाना गरिएको छ ।
संयुक्त बजार अनुगमन टोलीले इन्फ्रा रेड थर्मोमिटर बढी मुनाफा लिई बिक्री गरेको पाएपछि २ लाख जरिवाना गरेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय बाँकेका निमित्त प्रमुख कृष्ण प्रसाद पौडेलले जानकारी दिनुभयो ।
६ हजारमा खरिद गरेको थर्मोमिटर १० हजार रुपैयाँसम्ममा बिक्री गरेको पाइएको पौडेलले बताउनुभयो । नेपालगन्जमा यसअघि पनि स्वास्थ्य सामग्री अनुचित मूल्यमा बिक्रि गरेको पाइएपछि केही मेडिकल पसललाई पनि जरिवाना गरिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्