तपाईँ सुन्दै हुनुहुन्छः

र्दीघ रोगीलाई घर घरमै औषधी

सल्यान । सल्यानको दार्मा गाउँपालिकाले दीर्घरोगका बिरामीले नियमित सेवन गर्ने औषधी घर घरमा उपलब्ध गराउने भएको छ ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि बन्दाबन्दीको घोषणा गरिएसँगै नागरिक घर बाहिर निस्कन नपाउने र नजिकैको औषधी पसलमा आवश्यक पर्दा नपाइने हुँदा गाउँपालिकाले औषधी घरघरमा उपलब्ध गराउने भएको हो ।

तीन साता लामो लकडाउन अझै लम्बिन सक्ने र लामो दुरीको यात्रा असज हुने भएकाले नियमित औषधी सेवन गर्नुपर्ने तथा र्दीघ रोगीका लागि गाउँपालिकाले औषधी खरिद गरी बिरामीको घर घरमा पुर्याउने दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसी अरुणले बताउनुभयो ।

उहाँले मुटु, मिर्गौला, दम, उच्चरक्तचाप, मधुमेह, तथा अन्य समस्या भएका बिरामीलाई गाउँपालिकाल औषधी उपलब्ध गराउने बताउनुभयो ।

उहाँले भन्नुभयो– ‘लकडाउन अझै लम्बिदै जान सक्ने अवस्था छ । त्यसकारण अत्यावश्यक कुनै कारण लामो दुरीको यात्रा गर्न समेत असहज हुन्छ । त्यसैले जो जसले नियमित रुपमा औषधी सेवन गनुपर्ने र गर्दै आइरहेका छन् उहाँहरुलाई लकडाउन अवधिभर औषधी घरघरमा पुयाउछौं ।’

नजिनकको स्वास्थ्य चौकी प्रमुख तथा स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई आफूले नियमित सेवन गर्दै आइरहेको औषधीको नाम टिपाउन अनुरोध गरिएको अध्यक्ष केसीको भनाई छ ।

केही दिनभित्रै औषधीको नाम मात्रा, परिमाणसहितको विरामीको पुर्जाको संकलन तथा फोटोकपी पेस गरी विवरण उपलब्ध गराउन पनि आग्रह गरिएको अध्यक्ष केसीले बताउनुभयो ।

लकडाउनलाई पूर्ण रुपले पालना गर्न नागरिकले पाउनु पर्ने अत्यावश्यक स्वास्थ्य सेवा सहजीकरणका लागि यस्ता खालका कार्य बघि बढाइएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button