तपाईँ सुन्दै हुनुहुन्छः

दोलखामा १५५ को कोरोना परिक्षण, सबै नतिजा नेगेटिभ

दोलखा । दोलखा जिल्लामा शुक्रबारसम्म एक सय ५५ जनाको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) परिक्षण र आठ जनाको स्वाव परिक्षण गरिएकोमा सबैको नमूना नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।

जिल्लामा शुक्रबार ५१ जनाको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) परिक्षण गरिएको थियो ।

शुक्रबार भीमेश्वर नगरपालिकाको ८ जना, तामाकोसी गाँउपालिकाको १५ जना, कालिञ्चोक गाँउपालिकाको १५ जना, मेलुङ गाँउपालिकाको २ जना र गौरीशङ्कर गाँउपालिकाको ११ जना गरी ५१ जनाको आरडिटी परिक्षण गरिएकोमा सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनुभयो ।

जिल्लामा विहिबार ७७ जनाको र्यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) किटको माध्यमबाट कोरोना भाईरस (कोभिड १९) परिक्षण गरिएको थियो । भारत लगायत तेस्रो मुलुकबाट आएको १४ दिन पुरा भएको तर २१ दिन नपुगेकाहरुको आरडिटी टेष्ट गरिएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताउनु भयो ।

विहिबार आरडिटी परिक्षण गरिएकोमा दोलखाको कालिञ्चोक गाँउपालिका वडा नम्बर १ कालिञ्चोक बेगुम्पाका ३० जना, वडा नम्बर ६ लापिलाङका १५ जना, भीमेश्वर नगरपालिका वडा नम्बर १ सुष्पाक्षमावतीको १ जना, वडा नम्बर २ दोलखाको ६ जना, वडा नम्बर ५ माटीको १२ जना, तामाकोसी गाँउपालिका वडा नम्बर ३ जफेको ३ जना र वडा नम्बर ४ मालुको ९ जना रहेको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताउनु भयो ।

त्यसैगरी, बुधबार २७ जनाको आरडिटी किटको परिक्षण र तीन जनाको स्वाव परिक्षणमा पनि सबैको नतिजा नेगेटिभ आएको थियोे । जिल्लामा झण्डै एक साता अघि पाँच जनाको स्वाव परिक्षण गरिएको थियो । उक्त रिर्पोट पनि नेगेटिभ आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button