तपाईँ सुन्दै हुनुहुन्छः

कपिलवस्तुमा १४ हजार पाँच सय २१ बिपन्न परिवारलाई राहत वितरण

कपिलवस्तु । कपिलवस्तुमा लकडाउनका कारण समस्यामा परेका १४ हजार पाँच सय २१ अति बिपन्न घर परिवारलाई राहत बितरण गरिएको छ ।

पहिलो चरण अन्तर्गत जिल्लाका १० पालिकाद्वारा शुक्रबारसम्म उक्त परिवारलाई राहत प्रदान गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिनुभएको छ ।

जिल्लाका २२ हजार बिपन्न परिवारलाई राहत बितरण गर्ने गरी लगत संकलन गरिएको छ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका अनुसार जिल्लाका १० वटै पालिकाले पहिलो चरणको राहत बितरण जारी राखेका छन् ।

नेपाल सरकारको राहत वितरण मापदण्ड अनुसार गरिव विपन्न मजदुरको प्रति परिवार २० देखि ३० किलो चामल तथा दाल, नुन, तेल, सावुन लगायत खाद्यान्न बितरण गरिएको हो ।

राहत बितरणका लागि जिल्लामा १० वटै पालिकाको कुल पाँच करोड ६४ लाखको बिपद ब्यवस्थापन कोष खडा भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button