तपाईँ सुन्दै हुनुहुन्छः

क्यान्सरका कारण कैदीबन्दीको मृत्यु

फाइल तस्बिर

चितवन । भरतपुर कारागारमा रहेका एक कैदीबन्दीको क्यान्सरका कारण मृत्यु भएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का प्रितम बहादुर कार्कीको उपचारको क्रममा आज राती पौने १ बजे भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

कारागारका जेलर कमल काफ्लेका अनुसार कार्की ब्राउन सुगर मुद्दामा २०७३ साल भदौ १४ देखि कैद भुक्तान गर्दै आएका थिए ।

२०७४ साल माघ १६ गते काठमाडौंको जगन्नाथदेवल कारागारबाट उपचारको लागि उनलाई भरतपुर कारागारमा स्थानान्तरण गरिएको थियो ।

उनको आज राती पौने १ बजे मृत्यु भएको काफ्लेले जानकारी दिनुभयो ।

उनी लामो समयदेखि पेटको क्यान्सरबाट ग्रसित थिए । उनलाई जिल्ला अदालत, बांँकेले छ बर्ष कैद र १० हजार रुपैया सजाँय सुनाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button