दोलखामा २७ आरडिटी र तीन स्वाव परिक्षण, सबै नतिजा नेगेटिभ

दोलखा । दोलखा जिल्लामा २७ जनाको ¥यापिड डायग्नोस्टिक टेष्ट (आरडिटी) किटको परिक्षण र तीन जनाको स्वाव परिक्षणमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख विभुकुमार झाले बताउनु भयो ।
भारत तथा तेस्रो मुलुकबाट आएका दोलखाको भीमेश्वर नगरपालिकाका दुई जना र कालिञ्चोक गाँउपालिकाका २५ जनाको आरडिटी परिक्षण गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाका प्रमुख झाले बताउनु भयो । भीमेश्वर नगरपालिकाको प्रस्तावित चरिकोट अस्पतालमा र कालिञ्चोक गाँउपालिकाको सम्बन्धित वडामा आरडिटी परिक्षण गरिएको थियो ।
कालिञ्चोक गाँउपालिका वडा नम्बर २ बाबरेका भारतबाट आएका १४ जना र वडा नम्बर ३ र ४ मा पर्ने लामिडाँडाका १० जना भारतबाट आएका र एक जना तेस्रो मुलुकबाट आएका स्थानियको आरडिटी परिक्षण गरिएको कालिञ्चोक गाँउपालिकाका स्वास्थ्य संयोजक सुशील श्रेष्ठले बताउनु भयो ।
त्यसैगरी काठमाडौँ पेप्सीकोला स्थित सनसिटी अर्पाटमेन्टमा बस्ने दोलखा तामाकोसी गाँउपालिकाका एक जना र उनीसंग सम्पर्कमा रहेका दुई जना गरी तीन जनाको किर्नेटार स्वास्थ्य केन्द्रमा स्वाव सङ्कलन गरी परिक्षणको लागि धुलिखेल अस्पताल पठाईएकोमा तीनै जनाको कोरोना भाईरस नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख झाले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्