तपाईँ सुन्दै हुनुहुन्छः

तातोपानीबाट औषधि ल्याउन स्थानीयले पनि सहजीकरण गर्ने

मेलम्ची । तातोपानी नाकाबाट कारोनाभाइरस (कोभिड–१९) नियन्त्रण र उपचारमा प्रयोग हुने औषधि आयात गर्न स्थानीयले पनि सहजीकरण गर्ने भएका छन् ।

चीनसँग जोडिएको तातोपानी नाका खुलाउँदा (कोभिड–१९) को संक्रमण फैलन सक्ने भएकोले स्थानीयले आफूहरु त्रसित भएको बताउँदै आज बिहान तातोपानी स्थित सुख्खा बन्दरगाहमा भेला भएर सकारी निर्णयको विरोध गरेका थिए ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढाकाल र स्थानीय जनप्रतिनिधि र भन्सार प्रमुखबीच मौखिक कुराकानी अनुसार संक्रमण फैलन नदिन उच्च सावधानी अपनाएर औषधि आयातलाई सहज बनाउने सहमति भएको छ ।

उक्त सहमति पछि अब नाकाबाट औषधि आयातमा स्थानीयले अवरोध जनाउने छैनन् । भोटेकोशी गाउँपालिका २ का वडाध्यक्ष दिपेन्द्र श्रेष्ठका अनुसार प्रजिअ ढकाल र गाउँपालिका अध्यक्ष राजकुमार पौडले बीच टेलिफोनमा भएको कुराकानीका आधारमा तत्काल औषधि ल्याउन स्थानीयले सहजीकरण गर्ने समझदारी भएको हो ।

सिन्धुपाल्चोक र तिब्बतको नेलाम जिल्लाका सुरक्षा अधिकारी बीच तातोपानीको मितेरी पुलमा मंगलबार भएको बैठकले नाका सञ्चालन गरेर औषधि र खाद्यान्न सामाग्री भित्र्याउने निर्णय गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button