तपाईँ सुन्दै हुनुहुन्छः

भारतबाट फर्केका ४८ जनाको स्वाब संकलन, सबैको रिपोर्ट नेगेटिभ

अछाम । जिल्ला अस्पताल अछामले जिल्लाको तुर्माखाँद गाउँपालिकामा पछिल्लो समय भारतबाट फर्केका व्यक्तिको कोरोना परिक्षणको लागि संकलन गरेको थ्रोट स्वाबको नतिजा नेगेटिभ आएको छ ।

चैत्र ९ गते देखि ११ गतेसम्म गाउँ फर्केका ४८ जनाको थ्रोट स्वाब संकलन गरि छिटो विधिबाट परिक्षण गर्दा नेगेटिभ पाइएको जिल्ला स्वास्थ्य कार्यलय अछामका सिनियर अधिकृत झपटराज ढुंगानाले बताउनुभयो ।

अछाम जिल्लामा पनि सरकारले छिटो परिक्षण विधिका सामग्री उपलब्ध गरेपछि जिल्लाकै स्वास्थ्यकर्मीको टोलीले परिक्षण गरेको कार्यालयले जनाएको छ ।

पछिल्लो एक महिनाको अवधिमा अछाममा करिब पाँच हजार व्यक्ति भारत तथा जिल्ला बाहिरबाट आएका यहाँका स्थानीय तहले जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button