के एल दुगड समुहद्वारा ४५० परिवारलाई राहत वितरण
के एल दुगड समुहले मोरङको बुढीगंगा गाउपालिकाका ४५० परिवारलाई राहत सामाग्री वितरण गरेको जनाएको छ ।
बुढीगंगा गाउपालिकाको वडा न.५ को सहकार्यमा वडा न.४ समेत गरी ४५० परिवारलाई राहत स्वरुप खाद्य सामाग्री वितरण गरिएको हो ।
समुहले १० किलो चामल, २ किलो आटा, दाल १ किलो, आलु २ किलो, खाने तेल १ लिटर, नुन १ किलो गरी कुल १६ किलो को फेमिली प्याक बनाएर वितरण गरेको जनाएको छ ।
समुहका विराटनगर स्थित महाप्रबन्धक रामरसिक ठाकुरले वडा कार्यालयको समन्वयमा दैनिक ज्यालादार मजदुर वर्ग, गरीब असहायहरु पहिचान गरी खाद्य सामाग्री वितरण गरेको बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्