नेपालमा कोरोना संक्रमितको संख्या १४ पुग्यो
नेपालमा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएका नमुना परीक्षण मध्ये कैलाली लम्कीचुहाकी ६५ वर्षीया महिला र रौतहटको क्वारेन्टाइनमा बसेका १९ वर्षीय युुवकमा कोराना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या १४ पुुगेको स्थास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज स्वास्थ्य मन्त्रालयमा आयोजित नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले संक्रमित २ जनाको सम्पर्कमा भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङ शुरु भईसकेको जानकारी दिनुभयो ।
संक्रमित भएका मध्ये ५ जनाको सेती प्रादेशीक अस्पताल धनगढी, वीरगञ्जमा ३ जना, बाग्लुुङमा २ जना र टेकुुमा २ जनाको उपचार भइरहेको डा. देवकोटाले बताउनुभयो ।
उपचाररत सबैको स्वास्थ्य अवस्था अवस्था सामान्य रहेको मन्त्रालयद्धारा जानकारी गराइयो ।
प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. देवकोटाले संक्रमितको संख्या बढेसँगै सरकारद्धारा जारी लकडाउनको पूर्ण पालना गर्दै क्वारेन्टाइन बस्नुको औचित्य थप बढेको बताउनुभयो ।
५२ जिल्लामा छिटो विधिबाट कोरोना परीक्षण भइरहेकोमा हालसम्म यो प्रविधिबाट ५ हजार २ सय ९१ जनाको नमुना परीक्षण भएको जानकारी दिनुभयो ।
उहाँले र्यापिट डायग्नोेष्टीक टेस्ट किट र पीसी प्रविधिबाट गरी हालसम्म १० हजार ९ सय ८२ जनाको परीक्षण भएको बताउनुभयो ।
काठमाडौं उपत्यकामा ९ जना र उपत्यका बाहीर ९४ गरी १ सय ३ जनालाई आइसोलेसनमा राखेर उपचार भइरहेको र ७ हजार १ सय ६६ जना क्वारेन्टाइनमा रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्