तपाईँ सुन्दै हुनुहुन्छः

बागलुङमा गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं. १ कि गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरि पोखरा पठाइएको छ ।

पाठेघरभन्दा बाहिर गर्भ बसी पाठेघरको नली फुटेको अवस्थामा सोमबार बिहान प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिवाङ ल्याइएकी ३३ बर्षीया भिमा पाण्डेलाई हेलिकप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा पठाइएको डा. मिलन मल्लले जानकारी दिनुभएको छ ।

पाठेघरको नलि फुटी अधिक रक्तश्राव भएकाले एम्बुलेन्समा बागलुङ लैजान खोजिएको भएपनि ज्यानै जोखिममा परेपछि बडिगाड गाउँपालिकाको कार्यालयबाट उद्धार गरि उनलाई पोखरा पठाइएको हो ।

साढे १ महिनाको गर्भ रहेकी पाण्डेलाई जिल्ला प्रशासन कार्यालय बागलुङको समन्वयमा हेलिकप्टरबाट निःशुल्क उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी गौलोचन शैजुले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button