तपाईँ सुन्दै हुनुहुन्छः

कोरोना नियन्त्रणका लागि मेलम्ची नगरपालिकामा २५ लाखको राहत कोष स्थापना

मेलम्ची । कोरोना रोकथामका लागि मेलम्ची नगरपालिकाले २५ लाखको राहत कोष स्थापना गरेको छ । नगरपालिकाले कोरोना नियन्त्रण र रोकथामका लागि नपाले छुटटै कोष नै खडा गरेर राहत जम्मा गरेको हो ।

त्यसमा केही बँैक तथा सहकारीहरुले पनि सहयोग गरेको मेलम्चीका मेयर डम्बरबहादुर अर्यालले जानकारी दिनुभयो ।

नेपाल बैंक लिमिटेड, मेलम्ची शाखाले ३५ हजार ८२ रुपैयाँ जम्मा गरेको छ ।

‘पालिकाको विपत व्यवस्थापन कोषमा ७० लाख छ तर कोरोना नियन्त्रण र रोकथामका लागि मात्रै अहिले २५ लाखको राहत कोष खडा गरेका छौं सहयोग गर्न चाहनेले राहत कोषम रकम जम्मा गर्न सक्नुहुनेछ’ मेयर अर्यालले भन्नुभयोे ।
मेलम्ची नगरपालिकामा अट्याच बाथरुमसहितको २७ बेडका क्वारेन्टाइन निर्माण गरिएका छन् ।

नपाले मेलम्चीमा रहेको रिभर रिसोर्ट होटलमा २२ बेडको र नगरपालिकाको नयाँ बनेको भवनमा पाँच बेडको क्वारेन्टाइन निर्माण गरेको छ ।

रिभर रिसोर्ट होटलमा बनेको क्वारेन्टाइनमा सबै सुविधा रहेको छ । त्यहाँ खाना र सुरक्षाको जिम्मा सेनाले लिएको छ ।

‘रिभर रिसोर्टमा एउटा कोठामा एउटा मात्रै मान्छे राख्दा २२ जना अट्ने हो यदि २ जना राख्ने हो भने ४४ जना जति नै अट्छ अर्याललले भन्नुभयोे, होटलका अन्य कोठा पनि प्रयोग गर्ने हो भने ५० जना जति राख्न मिल्छ ।’

उहाँले नगरपालिकाका अन्य वडामा पनि क्वारेन्टाइन बने पनि त्यसलाई आफूले मान्यता नदिएको बताउनुभयो । ‘क्वारेन्टाइन भनेर बेड मात्रै राखेर भएन त्यसमा खान, बस्न र स्वाथ्यकर्मीको समेत व्यवस्था हुनुपर्छ अन्य वडामा बनेका क्वारेन्टाइन व्यवस्थित छैनन् ।’ तर क्वारेन्टाइनमा अहिलेसम्म एक जना पनि छैनन् ।

मेलम्ची नगरपालिकाामा चार वटा एम्बुलेन्स छन् । एउटा एम्बुलेन्स कोरोनाको आंशका गरिएका बिमारी बोक्नको लागि ‘शिल’ गरिएको मेयर अर्यालले जानकारी दिनुभयो । अन्य तीन वटा एम्बुलेन्स भने अन्य बिमारीका लागि प्रयोग गरिने छ ।

एम्बुलेन्स चालकलाई आवश्यक सुरक्षा सामाग्री नपाले नै उपलब्ध गराएको छ । केही दिनअघि जिल्ला समन्वय समितिले पनि जिल्लामा सञ्चालित एम्बुलेन्सका चालकहरुलाई सुरक्षा सामाग्री प्रदान गरेको थियो ।

स्वास्थ्यकर्मीको सुरक्षाका लागि नपामा २० वटा पीपीई सेट छन् । ती क्वारेन्टाइनमा प्रयोग गरिने हैन । आइसोलेसनमा गएपछि त्यो धेरै आवश्यक हुने हुनाले आगामी दिनमा संक्रमणको अवस्थालाई मध्यनजर गरी केही सेट पीपीई थप्ने तयारीमा नगरपालिका छ ।

‘सजिलै उपलब्ध छैनन् केही पीपीई सेटको जोहो गर्न प्रयासरत छौं तर राम्रो पाएका छैनौं,’ अर्यालले भन्नुभयोे । आवश्यक सामान्य औषधिहरु नगरपालिकाले व्यवस्थापन गरेको छ । तर भोलि महामारी नै फैलियो भने नपाका औषधि र उपकरणले थेग्न नसक्ने अर्यालको भनाई छ ।

नगरपालिकाभरि १६ स्वास्थ्यचौकी छ । एउटा अस्पताल छ । पाँच जना डाक्टरको दरबन्दी छ । केही समय अघिसम्म पाँच जना डाक्टर थिए । दुई जनाले स्थायीमा नाम निकालेपछि अहिले तीन जना मात्रै डाक्टर छन् । दरबन्दी अनुसारको डाक्टर पठाइदिन स्वास्थ्य विभागमा जानकारी गराएको अर्यालले बताउनुभयो ।

जरुरी हुँदा हामी पठाइदिन्छौ भन्नुभएको छ यही मितिमा पठाउँछौ नभनेको उहाँले जानकारी दिनुभयो । ‘नपामा यति नै स्वास्थ्यकर्मी छन् भन्ने यकिन मलाई छैन तर स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बस्दा पनि १४, १५ दिनसम्मलाई पुग्ने नपामा छ ।

मेलम्ची नपा भरि ४२ जना विदेशबाट आएका छन् । उनीहरु सबै होम क्वारेन्टाइनमा बसेका छन् । उनीहरु युरोप, अमेरिका, खाडी राष्ट्र र भारतबाट यही चैत्र महिनामा नेपाल आएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button