तपाईँ सुन्दै हुनुहुन्छः

विश्वमा कोरोनाबाट १४ गैर आवासीय नेपालीको मृत्यु, छ सय ६५ जना संक्रमित

काठमाडौँ । विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपालीहरुको संख्या १४ पुगेको गैर आवासीय नेपाली संघले जनाएको छ ।

गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार बेलायतमा आठ, अमेरिकामा पाँच, युएइमा एक जनाको ज्यान गएको छ ।

स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाले छ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएको बताउनु भएको छ ।

संघले विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघ सँस्थाद्वारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको डा.सापकोटाले जानकारी दिनुभयो ।

कोरोना संक्रमित हुने गैर आवासीय नेपालीहरु अमेरिका पाँच सय, युके एक् सय, स्पेन १८, युएइ १०, जर्मनी चार, पोतुगल आठ, अष्ट्रेलिया नौ, साउदी अरब चार, कुवेत पाँच, जापान एक, मलेसिया एक, म्यानरमार एक र हङकंङ एक जना रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button