तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीका परराष्ट्र सल्लहाकार डा. भट्टराई अस्पताल भर्ना

Image may contain: 1 person, sitting, eyeglasses and closeup

काठमाडौं । प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लहाकार डा. राजन भट्टराईको मुटुमा अचानक समस्या आएपछि गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा उपचारका लागि भर्ना गरिएको छ ।

उहाँको मुुटुमा एक्युट इन्फेरियर वाल एमआई को समस्या आएपछि अस्पताल भर्ना गरिएको र उहाँको दायाँ कोरोनरी आर्टरीमा प्राइमरी एन्जियोप्लास्ट गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो ।

शुक्रबार राति नै मुटुमा अचानक समस्या आएपछि परराष्ट्र मामिला सल्लहाकार डा. भट्टराइलाई अस्पताल लगिएको थियो । अहिले उहाँको स्वास्थ्य सामान्य रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button