तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा किटबाट कोभिड–१९ को परीक्षण शुरु


राँझा – बाँकेमा कोभिड–१९  को र्पिड डायग्नोष्टिक टेष्ट (आरडिटी)किटबाट  परीक्षण शुरु भएको छ । भारतलगायत अन्य देशबाट आएर जिल्लाका विभिन्न क्वारेन्टाइनमा बसेका व्यक्तिमा आरडिटी किटका माध्यमबाट शुक्रबारदेखि कोरोना परीक्षण शुरु गरिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार बैजनाथ गाउँपालिकाको एकान्तवासमा बसेर १४ दिनको अवधि गुजारेका दुईमा किटबाट परीक्षण गर्दा रिपोर्ट नेगेटिभ देखिएको छ । ती व्यक्तिको परीक्षण गरेर नेगेटिभ देखिएमा घरमा थप सात दिन एकान्तबासमा बस्ने गरी पठाइने छ ।

पोजिटिभ नतिजा आएमा भने एकान्तबासमा राखी पुनः पिसिआर प्रविधिबाट जाँचका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला बुटवल पठाइने श्रेष्ठले बताउनुभयो । परीक्षणका लागि बाँकेमा पाँच सय थान आरडिटी आएको छ । बाँकेमा अहिले ४९१ जना एकान्तबासमा छन् ।

आरडिटी किटबाट  परीक्षण शुरु भए पनि लागि पोलिमर चेन रिएक्सन(पिसिआर) यन्त्रबाट भेरी अस्पतालमा कोरोना भाइरस परीक्षण गर्न भने अझै एक हप्ता लाग्ने भएको छ ।

पिसिआर यन्त्रको जडान  भइरहेकाले सेवा सञ्चालन गर्न समय लाग्ने भेरी अस्पतालका निमित्त प्रमुख डा प्रकाश थापाले जानकारी दिनुभयो । अझै एक हप्तासम्म यन्त्र जडानका लागि समय लाग्ने उहाँको अनुमान छ ।

क्वारेन्टाइनबाट ५५ जना घर फिर्ता
नवलपरासी :  नवलपरासी९बर्दघाट सुस्ता पश्चिम०का   क्वारेन्टाइनमा बसेका ५५ जना १४ दिनपछि घर फर्केका छन् ।  जिल्लामा बाँकी रहेका १४० जना अहिले पनि क्वारेन्टाइनमा रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको  छ  ।

जिल्लाका सात स्थानीय तहमा कुल १४ स्थानमा ३१६ शय्याका क्वारेन्टाइन छन् । यसबाहेक पृथ्वी चन्द्र अस्पताल, शहीद स्मृति सामुदायिक अस्पताल, चिसापानी अस्पताल  र  नेपाली सेना कालीध्वज गणमा आइसोलेशनको समेत व्यवस्थापन गरिएको  छ  । जिल्लामा रहेका विभिन्न क्वारेन्टाइन र आइसोलेशन वार्डमा ११५ मात्र गुणस्तरीय  व्यक्तिगत सुरक्षा उपकरण (पिपिई) छन्  ।

जिल्लाका विभिन्न क्वारेन्टाइनमा १४ दिनसम्म निरन्तर बसेका २० जनालाई  कोरोना संक्रमण भए वा नभएको पत्ता लगाउन रेपिड डायग्नोष्टिक टेष्ट (आरडिटी)  परीक्षण शुरु गरिएको  छ  ।

परीक्षण गरिएकामध्ये २० जनाकै रिपोर्ट नेगेटिभ आएको  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिनुभयो  । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button