तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री राईद्वारा कोशी अस्पतालमा राखिएका ल्यावको निरिक्षण

फाइल तस्बिर

बिराटनगर । कोरोना भाइरस (कोभिड–१९)का शंकास्पद बिरामीको नमूना परिक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएका ल्यावको प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज निरिक्षण गर्नुभएको छ ।

कोरोना भाइरस (कानेभि–१९)को कोशी अस्पताल बिराटनगरबाट शंकास्पद व्यक्तिको नमूना परीक्षण शुरु गर्नुपुर्व मुख्यमन्त्री राई, सामाजिक विकास मन्त्री जीवन घिमिरेले ल्यावको निरिक्षण गर्नुभएको हो ।

बिराटनगरबाट कोरोना परीक्षणका लागि आवस्यक तयारी सकिएपछि प्रदेश सरकारबाट ल्यावको निरिक्षण गरिएको हो ।

ल्यावको निरिक्षण गर्दै मुख्यमन्त्री राईले कोशी अस्पतालमा राखिएको ल्याव काठमाडौंपछिको ठुलो क्षमताको भएको बताउनुभयो । उहाँले बिराटनगरको ल्यावबाट दैनिक बढीमा दरई सयसम्मको नमूना संकलन गर्न सकिने बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो,‘ भयको स्थिति भएकाले ढुक्क हुन पनि अधिकतम परिक्षणमा जानुपर्यो ।’ कोरोना परिक्षणलाई उच्च प्राथमिकतामा राखेर मेसिनहरु सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

कोरोना परीक्षणका लागि आवस्यक उपकरणहरु र केमिकलहरु बिहिबार हेलिकप्टरबाट विराटनगर ल्याइएको थियो । कोशी अस्पताल बिराटनगरकी मेडिकल सुपरीटेन्डेन्ट डा. संगीता मिश्राले संभवत आज साँझदेखि परीक्षण शुरु गरिने बताउनुभयो । उहाँले भन्नुभयो,‘आज साँझदेखि परीक्षण शुरु संभव नभए भोली विहानदेखि शुरु गर्छौ ।’

बिराटनगरबाट गरिने कोरोना परीक्षणका लागि पहिलो चरणमा छ सय जनाको नमूना संकलन गर्न पुग्ने केमिकल ल्याइएको वीर अस्पताल काठमाडौंका जेनेटिक साइन्टिस् तथा कोरोना परिक्षण विज्ञ समूहका बलराम गौतमले बताउनुभयो ।

यसैबीच क्वारेन्टाइनमा बसेकाहरुको र्यापिड डायग्नोष्टिक टेष्ट (आरडिटी)का लागि आज देखि प्रदेश १ का चार स्थानमा टोली खटिएको छ ।

मोरङको टाँडी, झापाको मेचीनगर र भद्रपुर, सुनसरीको धरान र उदयपुरको बेलश्रोत क्वारेन्टाईनमा बसेकाको आरडिटीका लागि टोली प्रस्थान गरेको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताउनुभयो ।

आज र भोलीमा प्रदेश १ का १४ वटै जिल्लामा रहेका क्वारेन्टाइनमा बसेकाहरुको टेष्टका लागि आवस्यक सामान किट र पीपीई पठाइसकिने मन्त्री घिमिरेले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button