जापानद्धारा १० खर्व डलर बराबरको राहत प्याकेजको घोषणा
काठमाडौं । जापानका प्रधानमन्त्री सिन्जो आबेले कोरोना भाइरस विरुद्ध लड्न र अर्थतन्त्र खस्किनबाट जोगाउन झन्डै १० खर्व अमेरिकी डलर बराबरको राहत प्याकेजको घोषणा गर्नु भएको छ ।
दोस्रो विश्व युद्धपछि विश्वको अर्थतन्त्रले सबैभन्दा ठूलो चुनौतिको सामना गर्नु परेको भन्दै रोजगारी र मानव जीवन रक्षाका लागि राहत प्याकेजको घोषणा गरिएको बताउनु भएको छ ।
प्रधानमन्त्री आबेले हिजो मात्रै राजधानी टोकियो र अन्य छ सहरमा संकटकाल घोषणा गर्नु भएको थियो ।







प्रतिक्रिया राख्नुहोस्