इरानलाई हतियार बिक्री नगर्न रूस र चीनलाई अमेरिकी राष्ट्रपतिको चेतावनी
वासिङ्टन । चीन र रुसलाई इरानलाई हतियार बिक्री गरेमा यो उनीहरूको हितमा नहुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रवार चेतावनी दिनुभएको छ ।
उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट आफूले अहिलेसम्म त्यस्तो नगरेको आश्वासन प्राप्त गरेको भन्दै यसप्रति आफू विश्वस्त रहेको बताउनुभयो । “इरानसँग सम्बन्धित रूपमा प्रायः चर्चा गरिने दुई ठुला देश मेरो विचारमा यसमा संलग्न छैनन्,” राष्ट्रपति ट्रम्पले आफ्नो ट्रुथ सोसल सञ्जालमा लेख्नुभएको छ । उहाँले भन्नुभयो, “यदि उनीहरूले त्यसो गरे भने उनीहरूका लागि यो निकै खराब हुनेछ । यो निश्चित रूपमा उनीहरूको हितमा हुँदैन।” रासस/एएफपी








प्रतिक्रिया राख्नुहोस्