तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्रिपरिषद बैठक बस्दै, लकडाउन थपिन सक्ने

काठमाण्डौ । मन्त्रिपरिषदको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने मन्त्रिपरिषद बैठकमा लकडाउनको अहिलेसम्मको समीक्षा, कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि थप प्रभावकारी कदम चाल्नेबारे छलफल हुने बुझिएको छ ।

कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको हिजो बसेको बैठकले लकडाउनको अवधि थप गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको थियो । सम्भवत आज बस्ने मन्त्रिपरिषद बैठकले लकडाउनको समयावधि बढाउने निर्णय गर्नेछ ।

चैत्र १६ गते बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधि थप ७ दिन थप्ने निर्णय गरे अनुसार थपिएको लकडाउनको अवधि भोलि सकिदैछ ।
मन्त्रिपरिषदको चैत्र २२ गते बसेको बैठकले कोरोना रोकथामलाई प्रभावकारी बनाउन एक प्रदेशदेखि अर्को, एक जिल्लादेखि अर्को र एक स्थानीय तहदेखि अर्को स्थानीय तहमा आवतजावत गर्न रोक लगाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button