मोटरसाईकलले साईकल यात्रिलाई ठक्कर दिदाँ तीन जना घाईते
सर्लाही-सर्लाही ईश्वरपुर नगरपालिका वडा नं. ७ पोखरिटोल स्थित भित्रि सडकखण्डमा मोटरसाईकलले साईकललाई ठक्कर दिदाँ तिन जना घाईते भएका छन ।
पोखरिटोल बाट चौलिखाबजार तर्फ जादै गरेको अन टेस्ट ईण्डियन मोटरसाईकलले साईकल यात्री लाई ठक्कर दिदा तिन जना घाईते भएका हुन । घाईते हुनेहरुमा वडा नं. ७ कै २० वर्षिया गोमा खड्का,१७ वर्षिया साबित्रि खड्का र २ वर्षिय बालक शिवम खडका रहेका छन ।
र्घटनामा गम्भिर घाईते भएको बालकको अमृत हेल्थ केयर बयलवासमा उपचार पश्चात थप उपचारको लागी जनकपुर रिफर गरिएको प्रहरीले जनाएको छ । मोटर साईकल र मोटरसाईकलका चालक ईश्वरपुर नगरपालिका वडा नं..१ बस्ने १७ वर्षिय बिकास साहलाई ईलाका प्रहरी कार्यालय ईश्वरपुरको नियन्त्रणमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मदन कुवरले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्