संक्रमितका आफन्त ६ जनाको रिपोर्ट नेगेटिभ
पर्वत-बेल्जियमबाट फर्किएकी संक्रमित यूवती र महिलाका आफन्तको स्वाव परिक्षण गरिएकोमा ६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । बागलुङ नगरपालिका ३ गौँडाकोटका ४ जना र पर्वतको कुश्मा नगरपालिका ८ का २ जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
बागलुङ नगरपालिका ३ का ६५ वर्षिया महिलाका ससुरा , वुहारी र दुई नातीको रिपोर्ट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका डा. शैलेन्द्र पोखरेलले जानकारी दिनुभयो । बेल्जियमबाटै फर्किएकी संक्रमित १९ वर्षिया यूवतीका आफन्त पर्वतका २ जनाको पनि रिपोर्ट नेगेटिभ आएको पर्वत अस्पतालले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्