धनगढी : कोरोना संक्रमित युवकको परिवारका सबै सदस्यको स्वास्थ्य परिक्षणको तयारी

धनगढी । कोरोनाभाइरसको संक्रमण देखिएका कैलालीको धनगढीका एक युवकका सबै परिवारजनको स्वास्थ्य परिक्षणको तयारी गरिएको छ ।
धनगढी स्थित सेतीप्रादेशिक अस्पतालमा उपचार्थ ती युवकमा शुक्रवार कोरोना संक्रमणको पुष्टी भएको थियो ।
सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले संक्रमित युवकका सवै परिवारको स्वास्थ्य परिक्षणको तयारी गरिएको बताउनु भयो । उहाले सवैलाई उच्च निगरानीमा राख्ने गरि आवश्यक व्यवस्था गरिएको बताउनुभयो ।
यहि चैत्र २ गते दुवईबाट काठमाडौं पुगेका ती युवक नेपालगञ्जहुदै चैत्र ८ गते धनगढी पुगेका थिए । उनी चैत्र ११ गते सेतीप्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
सैबीच सेतीप्रादेशिक अस्पतालले एक विज्ञप्ती जारी गर्दै कोरोना संक्रमित युवकको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्