दोलखामा पाँच शङ्कास्पद विरामीको कोरोना रिर्पोट नेगेटिभ
दोलखा-बिभिन्न मुलुकबाट दोलखा आएका शङ्कास्पद पाँच जना विरामीको स्वाव परिक्षणको नतिजा नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ ।
सदरमुकाम चरिकोटमा रहेको प्राथामीक स्वास्थ्य केन्द्र (प्रस्तावित चरिकोट अस्पताल) मा ज्वरो आई जचाउन आएका विरामी मध्य नोभल कोरोना भाईरसको लक्ष्यणको आधारमा स्वाव परिक्षणको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँ पठाईएको पाँच जना विरामीमा नोभल कोरोना भाईरसको नतिजा नेगेटिभ आएको जनस्वास्थ्य अधिकृत विभुकुमार झाले बताउनु भयो ।
चैत्र १० गते उनीहरुको स्वाव शङ्कलन गरी चैत्र ११ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौँमा पठाईएको र विहिवार (चैत्र १३ गते) कोरोना भाईरस नेगेटिभ रहेको नतिजा सहितको रिर्पोट आएको जनस्वास्थ्य अधिकृत झाले बताउनु भयो ।
स्थानिय प्रशासनले स्थानिय तहहरुको सहयोगमा जिल्लाको नौ वटै पालिकाहरुमा विदेशबाट आएका मानिसको तथ्याङ्क शङ्कलन सहित अहिलेको अवस्थाको बारेमा जानकारी लिनेकाम भै रहेको र त्यस्तो कोहि शङ्कास्पद विरामी भेटिए तत्कालै प्रस्तावित चरिकोट अस्पतालमा ल्याई स्वाव परिक्षणको लागि पठाईने प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा पौडेलले बताउनु भयो ।
दोलखामा सदरमुकाम चरिकोटको प्रस्तावित चरिकोट अस्पताल बाहेक अन्यत्र हाललाई स्वाव परिक्षणको लागि आवश्यक पर्ने उपकरण नभएकोले सबै शङ्कासपद विरामीलाई सदरमुकाम चरिकोट नै ल्याउनु पर्ने अवस्था रहेको जनस्वास्थ्य अधिकृत झाले बताउनु भयो ।








प्रतिक्रिया राख्नुहोस्