तपाईँ सुन्दै हुनुहुन्छः

भोलीदेखी धरान बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाको परिक्षण सुुरु हुने

सुनसरी- प्रदेश १ का लागि शुक्रबार देखि धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोनाको परिक्षण सुुरु हुने भएको छ ।
प्रदेश १ का सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सुरेश मेहेताका अनुसार काठमाण्डौबाट बुधबार कोरोना परिक्षणको लागि आवश्यक पर्ने किट पठाई सकेको र विहिबार धरान आईपुग्ने भएकोले शुक्रबार देखि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै कोरोनाको परिक्षण सुरु हुनेछ ।

बीपी प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले पनि प्रतिष्ठानमा परिक्षणका लागि प्रयोगशाला तयारी भईसकेको जानकारी दिनुभयो । परिक्षणका लागि किट आईनपुगेकाले कोरोनाको परिक्षण हुन नसकेको बताउनुभयो । यसैगरी प्रदेश सरकारले प्रदेशमा १ सय ७४ बेडको आईसोलेसन तयार पारी सकेको पनि १ नम्वर प्रदेशका सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखाका प्रमुख सुरेश मेहेताले बताएका छन् ।

उहाँका अनुसार कोरोना विषेश अस्पताल विराटनगरको नेश्नल ट्रेडिंङ कम्पनीको हाता भित्र १० वटा आईसियु सहितको ५० बेडको अस्पताल निर्माण अन्तिम अवस्थामा पुगेको छ ।कोरोना विषेश अस्पताल ५ दिन भित्रमा संचालनमा आईसक्ने डा. मेहेताले बताउनुभएको हो । उहाँका अनुसार एक नम्वर प्रदेशका सबै नगरपालिकाहरुले २ हजार ४ सय ८ वटा आईसोलेसन निर्माण गरेका छन् ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button