मेलम्ची लगायत सबै योजना ठप्प

मेलम्ची । मेलम्ची खानेपानी लगायत सिन्धुपाल्चोकमा सञ्चालित सबै योजनाका कामहरु ठप्प भएका छन् । कोरोना भाइरस(कोभीड–१९) संक्रमणलाई फैलन नदिन सरकारले देशभर लक डाउन गरेपछिराष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजनमा समेत कोरोनाको प्रत्यक्ष प्रभाव परेको छ । देशभर लक डाउन भएपछि हामीले आयोजनामा भइरहेको सबै काम रोकेका छौ मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले भन्नुभयो।
एक साता अघि मात्रै खानेपानी मन्त्री विना मगरको उपस्थितिमा मेलम्ची खानेपानी आयोजनाको सुरुङमा पानी हालेर पहिलो परीक्षण सम्पन्न भएको थियो । दशै अघि नै मेलम्चीको पानी काठमाडौमा ल्याउने योजना अनुसार तिव्र गतिमा काम भइरहेपनि कोरोनाका कारण अब ढिला हुन सक्ने कार्यकारी निर्देशक खत्रीले बताउनुभयो । आयोजना स्थलमा काम गर्ने स्थानीय मजदुरहरु घर फर्केपनि विदेशी मजदुरहरु भने आयोजना स्थलमा नै सुरक्षीत संग बसिरहेको खत्रीले बताउनुभयो ।
कोरोनाका कारण जिल्लामा निर्माणधिन जलविद्युत आयोजना देखि अन्य सबै निर्माणका कामहरु रोकिएका छन् । १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाको काम सबै रोकिएको मध्यभोटेकोशी जलविद्युत आयोजना प्रमुख सुनिलकुमार लामाले जानकारी दिनुभयो ।
त्यस्तै जिल्लामा स्थानीय,प्रदेश र संघबाट सञ्चालित विभिन्न विकास निर्माणका सबै काम रोकिएको छ ।







प्रतिक्रिया राख्नुहोस्