कोरोना भाइरस संक्रमण १९७ देशमा, मृत्यु हुनेको संख्या १९ हजार नजिक

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार नजक पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै २ हजार ३ सय ७३ जनाको मृत्यु भएको छ । बुधबार विहान पौने ८ बजेसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ हजार आठ सय ८७ पुगेको छ ।
कोरोना भाइरसको उद्गम थलो चीनमा २४ घन्टामा यसको संक्रमणबाट एकजनाले पनि ज्यान नगुमाउँदा इटालीमा भने सात सय ४३ जनाको मृत्यु भएको छ । योसँगै इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार ८ सय २० पुगेको छ ।
गएको २४ घन्टामा स्पेनमा ६८०, फ्रान्समा २४०, अमेरिकामा २२२, इरानमा १२२, जर्मनीमा ३६, युकेमा ८७ को मृत्यु भएको छ ।अहिलेसम्म विश्वका १९७ देशमा कोरोना संक्रमण फैलिइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्