तपाईँ सुन्दै हुनुहुन्छः

क्वारेन्टाईनमा भएका ६८ जना बाहेक सबै भागे

नेपालगञ्ज । भारतका विभिन्न स्थानबाट आज नेपाल प्रवेश गरेका नेपाली बाँकेको नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्था गरिएको क्वारेन्टाइनबाट भागेका छन् ।

जमुनाहा नाकामा अलपत्र परेका झण्डै ५ सय नेपालीलाई नेपालगञ्ज उपमहानगरले उद्धार गरी ल्याएको थियो । उद्धार गरी ल्याइएका मध्ये ६८ जना बाहेक सबै भागेका हुन् ।

६८ जनालाई भने उपमहानगरपालिकाले गाडीको व्यवस्था गरेर घरतर्फ पठाएको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक जागेश्वर बस्नेतले जानकारी दिनुभयो । सबैलाई गाडीको व्यवस्था गरेर पठाउने तयारी गरिरहेकै बेला उनीहरु आत्तिएर भागेका थिए ।

नाकाबाट आएकालाई ज्वरो नापेपछि नगर बसमा राखेर सीमा नाका नजिकै महेन्द्र बहुमुखी क्याम्पसमा लगेर राखिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button