कोरोना भाइरसविरुद्ध केन्द्रीय कोषमा अध्यक्ष तिमिल्सिनाले एक महिनाको तलब दिने

काठमाडौं। राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेपाल सरकारले कोरोना भाइरसविरुद्ध बनाएको केन्द्रीय कोषमा एक महिनाको तलब बराबरको रकम उपलब्ध गराउनुहुने भएकाे छ ।
आइतबार बसेकाे मन्त्रिपरिषद् बैठकले यो कोष स्थापनाको निर्णय गरेको थियो । साे कोषमा अध्यक्ष तिमिल्सिनाले आफ्नो एक महिनाको तलब दिने घोषणा गर्नुभएकाे हाे।
उहाँले संघीय संसद सचिवालयकाे अार्थिक शाखालाई पत्रमार्फत अाफ्नाे एक महिनाकाे तलब काेषमा जम्मा गरिदिन निर्देशन समेत दिनुभएकाे छ।
अध्यक्ष तिमिल्सिनाले सरकारकाे कोष बनाउने निर्णयलाई स्वागत गर्दै विश्वमा देखिएकाे सन्त्रासमा सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न अपिल गर्नुभएकाे छ। उहाँले सरकारले काेराेनाबाट बच्नका लागि दिएका निर्देशनहरु पालना गर्न सबैलाई अाग्रहसमेत गर्नुभएकाे छ।









प्रतिक्रिया राख्नुहोस्