अमेरिकामा संक्रमण बढ्दै, एक दिनमा गयो ११७ जनाको ज्यान

एजेन्सी। इटालीपछि अमेरिकामा पछिल्लो समय काेराेना भाइरसकाे सं’क्रमण तीव्र भइरहेकाे छ । पछिल्लाे २४ घण्टामा त्यहाँ ११७ जनाले ज्या’न गु’माएका छन् । योसंगै त्यहाँ ज्या’न गु’माउनेको कुल संख्या ४ सय १९ पुगेको छ ।
अमेरिकाको न्यूयोर्कमा भेन्टिलेटर लगायत अत्यावश्यक स्वास्थ्य सामग्री अब १० दिनलाई मात्र पुग्ने चे’तावनी दिइएको छ । बिबिसीका अनुसार न्यूयोर्कका मेयर बिल डि ब्लासियोले आफूहरु ठूलो अभावको १० दिन मात्रै नजिक रहेको भन्दै तत्काल व्यवस्था नभए मानिसहरु सेवा नपाएर ज्या’न गु’माउने अवस्था आउने चे’तावनी दिएका छन् । उनले भनेका छन्- ‘अप्रिलमा मार्चमा भन्दा अझ खराब स्थिति देखिन गइरहेको छ । र यस्तै अवस्था रहे अप्रिलभन्दा मे अझ खराब हुन सक्छ ।’
न्यूयाेर्क टाइम्सका अनुसार आइतबार नयाँ तथ्यांकहरूको खुलासा भएकाे छ कि अमेरिकाकाे न्यूयोर्क राज्यमा मात्रै अहिले विश्वव्यापी कोरोनाभाइरसकाे झन्डै ५ प्रतिशत घटनाहरू देखिएका छन् । अमेरिकाकाे सबैभन्दा व्यस्त व्यापारिक केन्द्र मानिने न्यूयाेर्कमा मात्रै १५ हजारभन्दा बढीमा काेराेनाकाे सं’क्रमण देखिएकाे छ, साथै न्यूयाेर्कमा मात्रै ११४ काे ज्यान गएकाे छ । जुन अमेरिकाका अन्य राज्यमा भन्दा बढी हाे ।
सं’क्रमणका हिसाबले विश्वमा चीनभन्दा दाेस्राे बढी संख्या इटलीमा र त्यसपछि अमेरिकामा देखिएकाे छ । अमेरिकामा अहिलेसम्म ३३ हजार ५४६ मा सं’क्रमण देखा परेकाे र ४१९ जनाकाे मृ’त्यु भएकाे हाे ।
न्यूयोर्कमा भएका घटनाहरूको संख्यामा पछिल्लाे समय उल्लेखनीय वृद्धि भएपछि त्यहाँका स्वास्थ्य अधिकारीहरूले परीक्षण गर्दै जाँदा कोरोनाभाइरस कति छिटो फैलिरहेकाे छ भन्ने प्रकट गरिरहेकाे बताएका छन् । न्यूयाेर्क विश्वमहामारीकाे अर्काे केन्द्र बन्न सक्नेमा विज्ञहरूले चेतावनी दिइरहेका छन् । त्यहाँ पछिल्लाे समय दिनैपिच्छे संक्रमितहरू बढिरहेकाे न्यूयाेर्क टाइम्सले जनाएकाे छ ।








प्रतिक्रिया राख्नुहोस्