वीपी प्रतिष्ठानले कोरोनाको ल्याव परिक्षण सेवा सुरु गर्ने

सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हेल्थ डेक्स स्थापनासँगै आइसोलेसन क्वारन्टाइन तयारी अवस्थामा राखिएकोछ । यसैबीच कोरोनाको परिक्षणको लागि ल्याव समेत सञ्चालन गर्ने तयारी गरिएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा कोरोना संक्रमित आएमा सहज रुपमा उपचार पाउने व्यवस्था मिलाइएको प्रतिष्ठानका निर्देशक प्रा.डा. गौरी शंकर साहले जानकारी दिनुभयो ।
परिक्षणमार्फत कोरोना भाइरस संक्रमण पोजेटिभ भएको पाइएमा त्यस्ता बिरामीलाई उपचारका लागि १० वटा आइसुलेसन वेड तयारी अवस्थामा राखिएको पनि प्रतिष्ठानका निर्देशक साहले बताउनुभयो ।
उहाँले विज्ञहरुसहितकोे र्यापिड रेस्पोन्स टिम गठन भएको बताउदै प्रतिष्ठानमा कारोनाको शंका लागेर आउने बिरामीलाई विज्ञको राय अनुसार उपचार गरिने बताउनुभयो ।
प्रतिष्ठानमा हालसम्म शंकास्पद रुपमा दुई जना बिरामी आएको भएपनि कोरिया र साउदीबाट फर्किएका ती दुबै जनामा कोरोना नभएको पाइएको प्रतिष्ठानले जनाएको छ ।
प्रतिष्ठानमा उपचारमा आउँदा समेत संक्रमणको जोखिम हुने भएको भन्दै सर्वसाधारणलाई स्वास्थ्य सल्लाह दिनको लागि हेल्पलाइन सेवा सञ्चालनमा ल्याइएको प्रतिष्ठानले जनाएको छ ।
कोरोनाको शंका लागेका वा लक्षण देखा परेमा हेल्प लाइनमा सिधै सम्पर्क गर्न सकिने र हेल्पलाइन नं. ९८०२७९५२५२ / ९८०२७९५३४९ रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्