विश्वभर कोरोना प्रकोप : शुक्रबार कहाँ कतिको मृत्यु भयो ? (अपडेट)

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या ५ हजार नाघेको छ ।
कोभिड–१९ को नयाँ केन्द्रविन्दु मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या दिनप्रतिदिन बढिरहेको छ ।
शुक्रबार मात्रै इटालीमा ६ सय २७ जनाको मृत्यु भएको छ भने थप ५ हजार ९ हजार ६ सय ८६ जनामा संक्रमण देखिएको छ । शनिबार बिहानसम्म इटालीमा मृत्यु हुनेको संख्या ४ हजार ३२ पुगेको छ भने ४७ हजार २१ जना संक्रमित भएका छन्।
त्यस्तै युरोपेली मुलुक स्पेनमा पनि मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । शुक्रबार इटालीपछि स्पेनमा सबैभन्दा बढी २ सय ६२ को मृत्यु भएको छ । स्पेनमा शुक्रबार ३ हजार ४ सय ३३ संक्रमित थपिएका छन् । शनिबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या एक हजार ९३ पुगेको छ भने संक्रमितको संख्या २१ हजार ५ सय १० रहेको छ ।
हेर्नुहोस् शुक्रबार कहाँ कतिको मृत्यु भयो ? (अपडेट)
इटाली– ६२७
स्पेन – २६२
इरान– १४९
फ्रान्स – ७८
अमेरिका– ५४
बेलायत– ३३
नेदरल्यान्ड्स – ३०
जर्मनी – २४
बेल्जियम – १६
स्विजरल्यान्ड – १३
दक्षिण कोरिया – ११
चीन – ७
इन्डोनेसिया – ७
स्विडेन,टर्की – ५र५ जना
डेनमार्क, हंगेरी, पेरु, इक्वेडर – ३–३ जना
पोर्चुगल, अल्जेरिया, युएई – २
ब्राजिल, इराक, ग्रिस – ४
डायमन्ड प्रिन्सेस पानीजहाज – १
इजरायल, मलेसिया, पाकिस्तान, लक्जेम्बर्ग, इजिप्ट, भारत, फिलिपिन्स, ताइवान, सर्बिया, कोस्टारिका, मोरक्को र गाबोन – एक÷एक जना








प्रतिक्रिया राख्नुहोस्