तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल टेलिकमले केरोना सचेतना सन्देश दिन थाल्यो

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको संक्रमणको सतर्कताका लागि रिंगब्याक टोनमा सचेतना सन्देश दिन सुरु गरेको छ ।

कुनैपनि नम्बरबाट नेपाल टेकिलमको नम्बरमा सम्पर्क गर्दा कोरोनाको लक्षण र त्यसबाट कसरी सुरक्षित रहने भन्ने सन्देश दिन थालिएको हो । पटक–पटक सावुनपानीले हात धुन, व्यक्तीहरुसँग टाढा रहन र स्वास्थ्यमा समस्या देखिएमा स्वस्थ्य संस्थामा जान आग्रहसहित सन्देश दिइएको छ ।

फोन नउठ्दासम्म यस्तो सन्देशसहितको सचेतना ब्याक टोन बज्नेछ । यसबाट सचेतना सन्देश एकैपटक आम रुपमा फैलाउन सहयोग पुग्ने कम्पनीले बताएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button