अस्ट्रेलियन दूतावासको अपील:कागजात हुलाकबाट पठाउनू

काठमाडौं । अत्यावश्यकबाहेकका सेवाका लागि दूतावास नआउन अस्ट्रेलियास्थित नेपाली राजदूतावासले अपिल गरेको छ । दूतावासले राहदानी नवीकरण, यात्रा अनुमतिपत्र, गैरआवासीय नेपाली परिचयपत्र, भिसा र सवारी चालक अनुमतिपत्रलगायतका कागजात प्रमाणीकरण गर्नुपर्ने भए हुलाकमार्फत पठाउन भनेको छ ।
अधिकृत वारेशनामा, मञ्जुरीनामालगायत राजदूतावासमा स्वयं उपस्थित भई सहीछाप गरिनुपर्ने कामका लागि भने नेपाली दूतावास जान सक्नेछन् । कोरोना संक्रमणबाट बच्न अस्ट्रेलियन सरकारले विभिन्न उपायहरू अवलम्बन गरिरहेका बेला त्यहाँस्थित नेपाली राजदूतावासले १९ मार्चदेखि अत्यावश्यकबाहेकका काममा दूतावास नआउन अपिल गरेको हो ।
हेर्नुहोस् दूतावासको सूचना









प्रतिक्रिया राख्नुहोस्