कालोबजारीगर्नेलाई कडा कार्वाही गरिन्छ : उद्योग वाणिज्य संघ

महोत्तरी । विश्वभर फैलिरहेको कोभिड–१९ का कारण देखाएर देशका विभिन्न भागमा दैनिक उपभोग्य वस्तुमा कालोबजारी हुनथालेको गुनासो आएसँगै उद्योग वाणिज्य संघ,बर्दिवासले उद्योगी, व्यवसायीहरुलाई कुनै पनि वस्तुमा कालोबजारी नगर्न आग्रह गरेको छ ।
बर्दिवास उद्योग वाणिज्य संघले सोमवार प्रेस विज्ञप्ति जारी गर्दै उपभोक्तबाट कोरोना भाईरसको कारण देखाउँदै दैनिक उपभोग्य वस्तु, औषधीसहित अन्य सरसमानहरु ब्यापारीहरुले महंगो मूल्यमा बिक्री वितरण गरिरहेको व्यापक जनगुनासो आएको भन्दै यसतर्फ संघको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।
कोरोना भाइरसका कारण सचेत हुने र सचेत बनाउनेतर्फ अग्रसर हुनुपर्नेमा डर, त्रास देखाएर आम कृतिम अभावको हल्ला चलाई कालोबाजारी गर्नु दुखद् र अमानविय काम भएको विज्ञप्तीमा उल्लेख छ ।
संघको महासचिव भवनाथ खतिवडाद्वारा हस्ताक्षरित विज्ञप्तीमा यस्ता किसिमका क्रियाकलाप नगर्न सम्बन्धित सम्पूर्ण व्यसायीहरुलाई आग्रह गरिएको छ ।
संघको आग्रहलाई वेवास्ता गर्दै कालोबजारी गर्ने तथा कृतिम अभाव सृजना गर्ने र दररेटभन्दा बढि मूल्यमा समान बेचिएको पाईए कडा कारर्वाही गरिने संघले विज्ञप्ती मार्फत प्रस्ट पारेको छ ।








प्रतिक्रिया राख्नुहोस्