तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा सिन्धुपाल्चोकले एकै दिन १२ पालिकामा प्रशिक्षण दिने

मेलम्ची । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० सिन्धुपाल्चोकले जिल्लाका १२ वटै पालिकामा एकैदिन प्रशिक्षण दिने भएको छ ।

सोमवार बसेको पार्टीको दुई क्षेत्रमा बसेको बैठकले जिल्ला कार्यालय टिमले गरेको निर्णयलाई अनुमोदन गरेपछि चैत्र ८ गते १२ वटै पालिकामा पालिका स्तरीय राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रम हुन लागेको हो ।

जिल्ला पार्टी कार्यालयको बैठक गत फागुन २८ गते चौतारामा बसेको थियो । सोही निर्णय अनुसार जिल्लाले हिजो १ नम्बर क्षेत्रको खाडीचौर र २ नम्बर क्षेत्रको मेलम्चीमा छुट्टाछुट्टै वैठक राखेको थियो । पार्टीले सबै कार्यकर्तालाई एकै ठाउँमा राखेर जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रम गर्ने भनिएपनि माहामारीको रुपमा विश्वव्यापी फैलिएको कोरोना भाईरसको कारण केन्द्रीकृत नभई विकेन्द्रिकृत रुपमा अगुवा कार्यकर्ताहरुलाई भेला गर्न लागिएको नेकपा सिन्धुपाल्चोकले जनाएको छ ।

केन्द्रीय कमिटि र बागमति प्रदेश कमिटिका निर्णयहरु तथा ‘पार्टी एकता सुदृढिकरण र समृद्विका लागि राष्ट्रिय अभियान’ को भाव सम्प्रेषण÷प्रशिक्षण गर्ने मुख्य उद्देश्य सहित १२ वटा स्थानीय तहमा एकै दिन अगुवा कार्यकर्ता भेलाको आयोजना निर्णय गरिएको जिल्ला पार्टी अध्यक्ष झम्क नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार चैत्र ८ गते हुने प्रशिक्षण कार्यक्रममा सम्वन्धित पालिका भित्रका जिल्ला सदस्य, बागमति प्रदेश विभाग सदस्य, सम्पर्क मञ्चमा कार्यरत मञ्चका जिल्ला सदस्य, पालिका कमिटि सचिवालय सदस्य, जवस मोर्चा र नगर गाउँपालिकाका सदस्यहरु सहभागी हुनेछन् । उक्त परिक्षणको लागि जिल्लाका शिर्ष नेताहरुलाई १२ वटै पालिकामा ताकिएको उहाँले बताउनुभयो ।

त्यसैगरी वैठकले पार्टी र जनप्रतिनिधि बीचको अन्तरक्रिया, स्थानीय तथा वडाहरुमा जनसभा र पार्टी सदस्यता नविकरण लगाएत निर्णय भएको प्रेस संगठन नेपाल बागमति प्रदेशका ईन्चार्ज चन्द्रबहादुर थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button