अछाममा पहिलो चरणको दादुरा रुवेला खोप अभियान

अछाम । दादुरा–रुबेला खोप अन्तर्गत अछाम जिल्लामा पहिलो चरणको अभियान सकिएको छ । जिल्लामा नौ महिना देखि पाँच बर्षमुनिका बालबालिकालाई दिईने दादुरा–रुबेला बिरुद्धको खोप पहिलो चरणमा छ वटा स्थानीय तहमा चैत्र १ गतेबाट सुरु भएको हो ।
दुई दिन खोप केन्द्र तथा विकट ठाउँमा चैत्र ९ गतेसम्म अभियान जारी रहने छ । जिल्लाका पञ्चदेवल विनायक नगरपालिका, बान्निगढी जयगढ गाउपालिका, तुर्माखाँद गाउपालिका, ढकारी गाउपालिका, रामारोशन गाउपालिका र चौरपाटि गाउपालिकाका ४५ वडामा रहेका प्रत्येक खोप केन्द्रबाट स्वयम् सेवक, खोप कार्यकर्ताले खोप लगाएका हुन ।
पहिलो चरणको १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने भएपनि केही वडाका खोप केन्द्र भौगोलिक विकटताले टाढा भएका कारण ९ गतेसम्म खोप जारी रहने जिल्ला स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुंगानाले बताउनुभयो ।
प्रत्येक बालबालिकाको सबै खोप पाउनु अधिकार भएको र राष्ट्रिय खोप अभियान अन्तर्गत नौ महिना देखि पाँच बर्ष मुनिका बालबालिकालाई खोप लगाईएको हो ।
अछाममा दोस्रो चरण अन्र्तगत मंगलसेन नगरपालिका, साँफेबगर नगरपालिका, कमलबजार नगरपालिका र मेल्लेख गाउपालिकाका ४६ वटा वडामा चैत्र १४ गते देखि २२ गतेसम्म खोप अभियान सञ्चालन हुने स्वास्थ्य प्रमुख ढुंगानाले जानकारी दिनुभयो ।
दुई चरणमा गरी अछाममा नौ महिना देखि पाँच बर्ष मुनिका ३१ हजार तीन सय २६ जना बालबालिकालाई दादुरा–रुबेला बिरुद्ध दिईने खोप दिईने स्वास्थ्य कार्यालयले जनाएको छ ।
दिगो विकास लक्ष्य हाँसिल गर्ने उद्देश्यसहित नेपालबाट सन् २०२३ भित्र पुर्ण रुपमा दादुरा रुबेला रोग पुर्ण रुपमा नियन्त्रण गर्ने लक्ष्य राखिएकाले सबैलाई यस अभियानमा साथ दिन स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगाँनाले आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्