प्रदेश सरकारले ४७ प्रतिशत बजेट पुर्वाधार निमार्णका लागि छुट्याएको छ : प्रदेशमन्त्री आङ्वो
विराटनगर । प्रदेश न १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुुर आङ्वोले प्रदेश सरकारले ४७ प्रतिशत बजेट पुर्वाधार निमार्णका लागि छुट्याएर विकास निमार्ण कार्यलाई तिव्रता दिएको बताउनुभएको छ ।
आज बसेको प्रदेश न १ को प्रदेससभा बैठकमा सांसदले राखेका प्रश्नको उत्तर दिनुहँुुदै मन्त्री आङ्वोले प्रदेश न १ का १४ वटा जिल्लामा ६४ वटा बहु बर्षीय सडक र ८७ वटा मुख्यमन्त्री ग्रामिण सडक निमार्णको काम भइरहेको जानकारी दिनुभयो ।
मन्त्री आङ्वोले यस बाहेका एक सय ८२ वटा मुख्य सडक निमार्ण एंव बिस्तारका लागिे काम भइरहेको उल्लेख गर्नुभयो ।
यस्तै बहुु बर्षीय योजना अन्तर्गत सात सय ७४ किलोमिटर कालोपत्रे र एक सय ७६ किलोमिटर ग्रावेल सडक निमार्ण गरी त्यसलाई पुनः कालोपत्रे गर्न सरकारले बजेट बिनियोजन गरेर काम अघि बढाएको उहाँले बताउनुभयाो ।
९४ वटा पक्किपुुल निमार्ण गर्ने सरकारको लक्ष्य रहेकोमा १५ वटा पुल ठेक्का लागेर काम भइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै एक सय १४ वटा झुलुगेपुलको समेत निमार्ण काम भइरहेको उहाँको भनाई थियो ।
खानेपानी शिक्षा स्वास्थ्यका पुर्वाधार निमार्ण तथा जनता आवास कार्यक्रम समेत प्रभावकारी रुपमा अघि बढिरहेकाले प्रदेश न १ मा अरु प्रदेशभन्दा तिव्र गतिमा बिकास निमार्णको काम भइरहेको उहाँले दावी गर्नुभयो ।
सदनमा प्रदेशसभा सदस्य गोपालचन्द बुडाथोकी, राज राई तथा विष्णुकुमारी तुम्वाहाङफेले कोरोना भाइरस सक्रमण रोक्न प्रदेब सरकारले सिमा क्षेत्रमा उच्च सर्तकता अपनाउनुपर्नेमा जोड दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्