तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित प्रमुख निर्वाचन आयुक्त कार्कीको संसदीय सुनुवाइ सुरु

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित मानबहादुर कार्कीको संसदीय सुनुवाइ समितिमा सुनुवाइ सुरु भएको छ ।

सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिमा प्रमुख निर्वाचन आयुक्त कार्कीको सुनुवाइ सुरु भएको हो । यसअघि, काकीविरुद्ध परेको उजुरीका विषयमा छलफल भएको थियो । उहाँ विरुद्ध एउटा उजुरी परेको जनाइएको छ ।

संवैधानिक परिषद्को गत असार १९ गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरुप्रसाद वाग्ले र डा. राजीव सुब्बाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो ।  प्रमुख निर्वाचन आयुक्तमा प्रस्तावित कार्कीको समितिले नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button