‘कर्मचारी संयन्त्र निर्माण तथा परिचालन गर्ने सन्दर्भमा बिशेष गम्भिरता आवश्यक’

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ह्रदर्यश त्रिपाठीले संघियताको कार्यान्वयन गर्ने बिषय संविधानको सफलतासँग जोडिने हुँदा कर्मचारी संयन्त्र निर्माण तथा परिचालन गर्ने सन्दर्भमा बिशेष गम्भिरता आवश्यक रहने बताउनु भएको छ ।
प्रतिनिधिसभाको राज्य ब्यवस्था तथा सुशासन समितिले निजामति सेवाको गठन सञ्चालन तथा सेवा सर्त सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक बारेमा छलफल गर्न आइतबार बोलाएको बैठकमा मन्त्री त्रिपाठीले बिगतमा कर्मचारी समायोजन गर्दा अपनाइएका कतिपय गलत शैलीको कारण निजामती सेवा अझै अन्योलमा रहेको बताउनुभयो ।
स्थानीय तहमा पुगेर सेवा गर्ने भावनाको विकास हुन् नसकेको उदाहरण दिदै मन्त्री त्रिपाठीले , लोकसेवाको परिक्षा पास गरेका अधिकृतस्तरका जनशक्ति नै नियुक्ति लिन नआएको जानकारी गराउनुभयो ।
संघ, प्रदेश र स्थानीय तहबीचको फरक आर्कषण मुख्य चुनौति देखिएकोले बिधेयक तयार पार्दै गर्दा यसका प्रावधान बारेमा उच्चस्तरको राजनैतिक सहमतिमार्फत ब्यवहारिक उपायको खोजी गर्ने पक्षमा आफु रहेको उहाँले बताउनुभयो ।
प्रदेश र स्थानीय तहका कर्मचारीको नियुक्ति ,परिचालन तथा बढुवा जस्ता बिषयमा संघिय सरकारको भूमिका रहने वा नरहने भन्ने बिषयमा समितिका सांसदहरुको राय बाझिएको कारण राज्य ब्यवस्था समितिमा झण्डै डेढ बर्षदेखि छलफलमा रहेको बिधेयक संसदमा पुग्न सकेको छैन् ।







प्रतिक्रिया राख्नुहोस्